सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौं । दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा घरेलु टोली एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरीमा रोक्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा १ गोलले अगाडि रहेको सिटी समग्रमा १–० को जितसहित अन्तिम चारमा पुगेको हो ।
तनावपूर्ण खेलमा स्पेनिस क्लब एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । खेलको इन्ज्युरी समयमा फिलिपेले दोहोरो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए ।
अन्ततः त्यसको फाइदा उठाउँदै सिटी सेमिफाइनलमा पुग्न सफल भएको हो ।
अब सिटीले सेमिफाइनलमा स्पेनकै रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, गएराति नै भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा ३–१ को जित निकालेको लिभरपुलले समग्रमा ६–४ को जित निकालेको हो ।
अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग प्रतिस्पर्धा गर्नेछ ।

बायर्न म्युनिख र चेल्सीको च्याम्पियन्स लिगबाट दु:खद् बहिर्गमन
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया