सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा घरेलु टोली एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरीमा रोक्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा १ गोलले अगाडि रहेको सिटी समग्रमा १–० को जितसहित अन्तिम चारमा पुगेको हो ।
तनावपूर्ण खेलमा स्पेनिस क्लब एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । खेलको इन्ज्युरी समयमा फिलिपेले दोहोरो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए ।
अन्ततः त्यसको फाइदा उठाउँदै सिटी सेमिफाइनलमा पुग्न सफल भएको हो ।
अब सिटीले सेमिफाइनलमा स्पेनकै रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, गएराति नै भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा ३–१ को जित निकालेको लिभरपुलले समग्रमा ६–४ को जित निकालेको हो ।
अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग प्रतिस्पर्धा गर्नेछ ।
बायर्न म्युनिख र चेल्सीको च्याम्पियन्स लिगबाट दु:खद् बहिर्गमन
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया