NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

च्याम्पियन्स लिग सेमिफाइनल : इंग्लिस भर्सेस स्पेनिस क्लब

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको अन्तिम ४ अर्थात सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार राति दुई इंग्लिस म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

बिहीबार राति दुई स्पेनिस क्लब रियल म्याड्रिड र भिल्लारियल सेमिफाइनलमा पुगिसकेका थिए । यससँगै अन्तिम ४ मा इंग्लिस र स्पेनिस क्लबमात्र पुगेका छन् ।

अब उपाधिका फाइनल प्रवेशका लागि इंग्लिस र स्पेनिस क्लब बीच दोहारो भिडन्त हुने भएको छ । दुवै इंग्लिस क्लबले दुईवटै स्पेनिस क्लब प्रतिद्धन्द्धी पाएका छन् । २६ अप्रिलमा हुने सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब रियलको सामना गर्नेछ । यी दुईबीचको दोस्रो तथा निर्णायक दोस्रो लेग ४ मेमा हुनेछ ।

यस्तै , फेरि पनि इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीच नै दोस्रो सेमिफाइनल खेल हुनेछ । यिनीहरूबीचको पहिलो लेग २७ अप्रिलमा हुनेछ । दोस्रो तथा निर्णायक लेग भने ३ मेमा हुनेछ ।

फाइनलमा दुवै इंग्लिस वा दुवै स्पेनिस पुग्ने सम्भावना पनि छ । साथै, एउटा इंग्लिस र एउटा स्पेनिस पुग्ने सम्भावना पनि उत्तिकै देखिन्छ । जे भए पनि इंग्लिस वा स्पेनिस क्लबले उपाधि जित्ने सम्भावना भने निश्चित भइसकेको छ ।

Confirmed dates for LFC's Champions League semi-finals vs. Villarreal - Liverpool FC - This Is Anfield

हालसम्म च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियलले १३ र बार्सिलोनाले पाँचपटक जितेका छन् ।

इंग्लिस क्लबहरूमा लिभरपुलले ६, म्यानचेस्टर युनाइटेडले तीन, चेल्सी र नोटिंहम फरेस्ट दुई–दुई तथा एस्टन भिल्लाले एकपटक उपाधि जितेका छन् ।

यसरी हेर्दा स्पेनिस क्लबले १८ र इंग्लिस क्लबले १४ पटक उपाधि जितेका छन् । यो सर्वाधिक जित्नेमा पहिलो र दोस्रो स्थान हो । तेस्रो स्थानमा इटाली आउँछ । इटालीका क्लबले समग्रमा १२ पटक उपाधि जितेका छन् ।

योपटक दुईमध्ये कुन देशको क्लबले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी छ ।

सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा