ब्रुनो फर्नान्डेस चढेको कार दुर्घटना

काठमाडौं । इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस कार दुर्घटनामा परेका छन् ।
प्रशिक्षणका लागि मैदान जाने क्रममा उनी कार दुर्घटनामा परेको इंग्लिस सञ्चारमाध्यमहरूले जनाएका छन् ।
२७ वर्षीय पोर्चुगिज मिडफिल्डर फर्नान्डेसलाई कुनै गम्भीर चोट नलागेकाले उनी अभ्यासमा फर्किसकेको बताइएको छ ।
उनी सम्मिलित क्लब युनाइटेडले आज राति प्रिमियर लिगमा लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया