वेस्ट इण्डिजका कप्तानद्वारा सन्यास घोषणा

काठमाडौं । वेस्ट इण्डिज क्रिकेट टिमका कप्तान केइरन पोलार्डले सन्यासको घोषणा गरेका छन् ।
३४ वर्षीय पोलार्डले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
उनले वेस्ट इण्डिजका निम्ति १ सय २३ एकदिवसीय र १ सय १ टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
वेस्ट इण्डिजका अलराउण्डर पोलार्डले विगत १५ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका थिए । उनी ब्याटिङमा आक्रामक मानिन्छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया