जिम्बाब्बेविरुद्ध खेल्ने नेपाली क्रिकेट टिम घोषणा

काठमाडौं । जिम्बाब्बेविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली क्रिकेट खेलाडीको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्बेविरुद्धको एकदिवसीय र टी ट्वान्टी श्रृंखलाका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।
घोषणा गरिएको टिममा विनोद भण्डारी र सुनील धमलासँगै यू–१९ क्रिकेट टोलीका बसिर अहमद परेका छन् । अहमत पहिलोपटक सिनियर टिममा समेटिएका हुन् ।
ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुनेछन् ।
नेपाल र जिम्बाबेबीच यही वैशाख १७ गतेदेखि एकदिवसीय श्रृंखला सुरु हुनेछ । क्यानका अनुसार, १९ र २१ गते पनि यसअन्तर्गतका खेल सञ्चालन हुनेछन् ।
त्यसैगरी, टी–२० शृंखलाका खेल वैशाख २३, २४ र २६ गतेका लागि तय भएको छ ।
यसअघि नै टिम घोषणा गरिसकेको जिम्बाब्बेको टोली यही अप्रिल २८ मा नेपाल आइपुग्दैछ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया