जिम्बाब्बेविरुद्ध खेल्ने नेपाली क्रिकेट टिम घोषणा
काठमाडौं । जिम्बाब्बेविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली क्रिकेट खेलाडीको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्बेविरुद्धको एकदिवसीय र टी ट्वान्टी श्रृंखलाका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।
घोषणा गरिएको टिममा विनोद भण्डारी र सुनील धमलासँगै यू–१९ क्रिकेट टोलीका बसिर अहमद परेका छन् । अहमत पहिलोपटक सिनियर टिममा समेटिएका हुन् ।
ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुनेछन् ।
नेपाल र जिम्बाबेबीच यही वैशाख १७ गतेदेखि एकदिवसीय श्रृंखला सुरु हुनेछ । क्यानका अनुसार, १९ र २१ गते पनि यसअन्तर्गतका खेल सञ्चालन हुनेछन् ।
त्यसैगरी, टी–२० शृंखलाका खेल वैशाख २३, २४ र २६ गतेका लागि तय भएको छ ।
यसअघि नै टिम घोषणा गरिसकेको जिम्बाब्बेको टोली यही अप्रिल २८ मा नेपाल आइपुग्दैछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया