आइपिएलमा दिल्लीसँग कोलकता स्तब्ध
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्ससँग कोलकता नाइट राइडर्स पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकतामाथि ४ विकेटको जित दर्ता गराएको हो ।
दिल्लीलाई कोलकताले १४७ रनको लक्ष्य दिएकोमा उसले अन्तिम ओभरको खेल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि डेभिड वार्नरले ४२, रोभमान पावेलले ३३, ललित यादवले २२, अक्षर पटेलले २४ रनको योगदान दिए । खेलमा उमेश यादवले ३ विकेट लिए ।
कोलकताले निर्धारित ९ विकेट गुमाएर १४६ रन बनायो । कोलकाताका लागि नितिश रानाले ५७, श्रीयस अय्यरले ४२ र ऋकु सिंहले २३ रन जोडे ।
योसँगै कोलकता छैटौं स्थानमा उक्लिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया