नेपालले १२ औँ ओभरमा १०० रन कटायो

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध जारी पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले दुई विकेट गुमाएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेल ४६ रन बनाउँदै आउट भएका छन् । उनी अर्धशतक बनाउनबाट चार रनले चुकेका छन् ।
यसअघि आसिफ शेख १६ बलमा नौ रन बनाउँदै आउट भएका थिए ।
नेपालले ११.४ ओभरमा दुई विकेटको क्षतिमा १०० रन पुर्याएको छ ।
नेपालको सुरुवाती ११ :
कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।
प्रतिक्रिया