नेपालले गुमायो चौथो विकेट, दीपेन्द्र आउट

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध जारी पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले चार विकेट गुमाएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भएसँगै नेपालले चौथो विकेट गुमाएको हो ।
नेपालले १६.४ ओभरमा तीन विकेटको क्षतिमा १५२ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।
प्रतिक्रिया