डेब्यु गरेका आदिलले बनाए सर्वाधिक रन

काठमाडौं । जिम्बावेविरुद्धको पहिलो टि–२० खेलमा नेपालका लागि डेब्यु गरेका आदिल आलमले सर्वाधिक ४७ रन बनाएका छन् ।
अविजित रहँदै उनले २७ बलमा ४७ रन बनाएका हुन् ।
यस्तै, कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६, दीपेन्द्रसिंह ऐरीले २८, आसिफ शेखले ९, करण केसीले ४ रन आरिफ शेखले २ रन जोडे ।
यसैबीच, नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित पाँच विकेट गुमाएर १८१ रन बनाएको छ ।
केहीबेरपछि नेपालले फिल्डिङ गर्दैछ । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।
नेपालको सुरुवाती ११ :
कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।
प्रतिक्रिया