डेब्यु खेलमै बसिरले लिए दुई विकेट

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको जारी पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले तीन विकेट लिएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा डेब्यु गरेका बसिर अहमदले नेपाललाई दोस्रो र तेस्रो सफलता दिलाएका छन् ।
यसअघि, पहिलो विकेट कप्तान सन्दीप लामिछानेले लिएका थिए ।
जिम्बावेले १६.३ ओभरमा १६३ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।
प्रतिक्रिया