NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

जिम्बावेविरुद्ध दोस्रो बलमै नेपाललाई पहिलो सफलता

काठमाडौं । जिम्बावेविरुद्धको दोस्रो टी–२० खेलमा नेपालले दोस्रो बलमा नै सफलता हात पारेको छ । सोमपाल कामीले दोस्रो बलमा दुई बल खेलेका इनोसेन्ट कायालाई कुशल भुर्तेलमार्फत क्याचआउट गराएका हुन् ।

पहिलो खेलमा कायाले ४७ रन बनाएका थिए । नेपाल भ्रमणमा रहेको जिम्बाबे एविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

पहिलो खेलमा नेपाल आइतबार ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
आइतबार १८२ रनको लक्ष्य दिए पनि नेपाललाई जिम्बावेले ७ बल बाँकी हुँदै पराजित गरेको थियो ।
गर्दै