जिम्बावेविरुद्ध दोस्रो बलमै नेपाललाई पहिलो सफलता
काठमाडौं । जिम्बावेविरुद्धको दोस्रो टी–२० खेलमा नेपालले दोस्रो बलमा नै सफलता हात पारेको छ । सोमपाल कामीले दोस्रो बलमा दुई बल खेलेका इनोसेन्ट कायालाई कुशल भुर्तेलमार्फत क्याचआउट गराएका हुन् ।
पहिलो खेलमा कायाले ४७ रन बनाएका थिए । नेपाल भ्रमणमा रहेको जिम्बाबे एविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
पहिलो खेलमा नेपाल आइतबार ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
आइतबार १८२ रनको लक्ष्य दिए पनि नेपाललाई जिम्बावेले ७ बल बाँकी हुँदै पराजित गरेको थियो ।
गर्दै
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया