च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल
काठमाडौं । भिल्ला रियललाई हराउँदै लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा भिल्ला रियललाई ३–२ गोल अन्तरले हराउँदै लिभरपुल फाइनलमा प्रवेश गरेको हो ।
डियाले तेस्रो मिनेटमै गोलको खाता खोलेर भिल्लालाई अग्रता दिलाएका थिए । फ्रान्सिस कोक्विनलिनले ४२ औं मिनेटमा अर्को गोल थपेपछि भिल्लाको अग्रता २–० पुगेको थियो । पहिलो हाफमा कुनै गोल गर्न नसकेको लिभरपुलका लागि फाबिन्होले ६२ औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा फर्काए । त्यसपछि लुइस डियासले ६७ औं मिनेटमा लिभरपुलका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–२ को जित दिलाए ।
अब फाइनलमा लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडमध्ये कुनै एकसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया