म्यानचेस्टर सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं । रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराति सम्पन्न दोस्रो लेगअन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै रियल फाइनलमा पुगेको हो ।
रियलले ३ गोल गर्दा म्यानचेस्टर सिटीले मात्रै १ गोल गर्न सक्यो । पहिलो लेगमा भने रियले ४–३ गोल अन्तरमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।
पहिलो हाफमा दुवै टिमले बराबरी खेलेकोमा दोस्रो हाफको ७३ औं मिनेटमा म्यानचेस्टर सिटीका रियादले गोलको खाता खोल्दै अग्रता दिलाएका थिए । तर ९० औं मिनेटमा रोड्रिगोले गोल गरेर खेललाई बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा रेड्रिगोले अर्को गोल थपेर रियललाई अग्रता दिलाए । अतिरिक्त समयको पाँचौं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गरेर रियलको जित सुनिश्चित गरे ।
योसँगै रियल ६–५ गोल अन्तरको जित हासिल गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । फाइनलमा रियलको प्रतिस्पर्धा लिभरपुलसँग हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया