सर्वाधिक १३ पटकको विजेता र ६ पटकको विजेताबीच फाइनल भिडन्त
काठमाडौं । च्याम्यिन्स लिग २०२१–२२ को फाइनल समीकरण पूरा भएको छ ।
गएराति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै स्पेनिस क्लब रियल म्याड्रिड फाइनलमा प्रवेश गरेको छ । समग्रमा ६–५ गोल अन्तरले हराउँदै रियल फाइनलमा पुगेको हो ।
यसअघि, मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले भिल्लारियललाई समग्रमा ५–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
रियल र लिभरपुलबीचको फाइनल खेल आगामी मे २८ मा फ्रान्सको राजधानी पेरिसमा हुनेछ ।
रियल च्याम्पियन्स लिगको सर्वाधिक विजेता हो । यसले हालसम्म १३ पटक उपाधि जितेको छ । साथै, तीनपटक फाइनलमा पराजित भएको छ ।
लिभरपुलले भने च्याम्पियन्स लिगको उपाधि ६ पटक जितेको छ । उ पनि तीनपटक नै फाइनलमा पराजित भएको छ ।
आगामी फाइनल रियलका लागि १७ औँ र लिभरपुलका लागि १० औँ हुनेछ ।
यी दुई टोलीले पछिल्लोपटक सन् २०१८ को फाइनलमा भिडन्त गरेका थिए । जसमा रियल ३–१ ले विजयी भएको थियो ।
हेरौं तथ्याङ्क :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया