जिम्बावे ‘ए’विरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । नेपालले जिम्बावे ‘ए’ टिम विरुद्धको एकदिवसीय खेलमा सुरुमा ब्याटिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा हुन लागेको खेलमा टस हारेको नेपालले जिम्बावेले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न लागेको हो ।
जिम्बावेलाई हराउँदै एकदिवसीय सिरिजमा सुखद् सुरुवात गर्ने नेपालको दाउ छ । तर यो त्यति सहज भने छैन ।
यसअघि तीन खेलको टी–ट्वान्टी सिरिजमा दुवैले १–१ को बराबरी खेलेका थिए ।
एकदिवसीय खेलका लागि नेपाली टिममा आज केही परिवर्तन गरिएको छ । कप्तान सन्दीप लामिछाने र स्पिनिरद्वय सुशन भारी र सागर ढकाल पहिलो रोजाइमा परेका छन् । फास्ट बलरमा सोमपाल कामी, करण केसी र अलराउण्डरमा आदिल अन्सारीलाई मैदानमा उतारिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया