जिम्बावेविरुद्ध नेपाल १३६ रनमै अलआउट, कसले कति रन बनाए ?

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ए टिमविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले कमजोर सुरुवात गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको जिम्बावेले नेपालविरुद्ध राम्रो सुरुवात गर्दै १३६ रनमै अलआउट गरेको हो ।
२२ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले ५६ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । आधा खेल सकिंदा २५ओभरमा नेपालले एक सय रन कटाएको थियो ।
नेपाललका लागि कुशल भुर्तेलले १९, आशिफ शेख, आरिफ शेखले ५/५, दीपेन्द्रसिंह रोहित पौडेलले ३, मोहम्मद अदिम आलमले २ र सुसन भारीले कुनै रन बनाउन सकेनन् ।
नेपालको २९ औं ओभरमा आठौं विकेट पनि गुमेको थियो । नेपालको इनिङ सम्हाल्न खोजे पनि ७० बलमा ३० रन बनाएका सोमपाल आउट भए ।
लगत्तै करण केसी पनि ३६ बलमा २५ रन बनाएर आउट हुँदा नेपालले ९ विकेट गुमायो । ३१.३ ओभरमा सन्दीप लामिछाने ४ रनको स्थितिमा आउट भएपछि नेपालले कमजोर लक्ष्य जिम्बावेलाई दिएको हो ।
अब बलरले उत्कृष्ट प्रदर्शन गरे मात्र नेपालले जिम्बावेलाई राेक्न सक्नेछ । अन्यथा फराकिलाे हारकाे बाटाेमा नेपाल छ ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्राड ८.३ ओभरमा २७ रन दिएर चार विकेट लिए । भिक्टर न्याउची, ब्रान्डोन म्याभउटा, सेफास जुआओले २/२ विकेट लिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया