नेपाली बलर चम्किएपछि जिम्बावे ८७ रनमा समेटियो
काठमाडौं । नेपाली बलर चम्किएपछि पाहुना टोली जिम्बावे ’ए’ दोस्रो एकदिवसीय क्रिकेट खेलमा ८७ रनमै अलआउट भएको छ ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे ३१.१ बलमा अलआउट हुँदै मात्र ८७ रनमा समेटिएको हो ।
जितका लागि नेपालले ८८ रनको झिनो लक्ष्य पाएको छ ।
नेपाली बलरले किफायती बलिङ गरेपछि जिम्बावे सस्तैमा समेटिएको हो ।
नेपालका सोमपाल कामी र करण केसीले ३-३ विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।
शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
नेपाल आज त्यसैको बदला लिने सुरमा छ ।
यस्तो रह्यो प्रदर्शन सारांशमा :

ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया