जिम्बावेविरुद्ध नेपालले सानदार जित निकाल्दा कसले कस्तो खेले ?
काठमाडौं । जिम्बावे ’ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा ९ विकेटको सानदार जित निकाल्दा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
जिम्बावेलाई ८७ रनमा समेट्ने क्रममा नेपालका बलरहरू करण केसी र सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । प्लेयर अफ दि म्याच भएका करणले ८ ओभरमा किफायती बलिङ गर्दै ३ विकेट लिए ।
यस्तै, समान ३ विकेट लिएका सोमपालले ७ ओभर बलिङ गर्दा १६ रनमात्र खर्चिए ।

यसैगरी, कप्तान सन्दीप लामिछानेले ८.५ ओभरमा २६ रन खर्चँदै २ विकेट लिए ।
त्यस्तै, सागर ढकालले ८ ओभर बलिङ गरेर २७ रन खर्चिएर १ विकेट लिए ।
जिम्बावेले दिएको दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.१ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा ओपनर सुनिल धमलाले ३८ बलमा सर्वाधिक ३८ रन बनाए ।

यस्तै, अर्का ओपर आसिफ शेखले ३१ बल खेल्दै अविजित रहँदै ३४ रन जोडे । यसैगरी, विनोद भण्डारीले अविजित रहँदै ३ बलमा ४ रनको योगदान दिए ।
जिम्बावेको टोलीमा टेस्ट क्रिकेट खेलेका केही खेलाडीसमेत समेटिएका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया