जिम्बावेविरुद्ध नेपालको ९ विकेटको रवाफिलो जित
काठमाडौं । पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले ९ विकेटको रवाफिलो जित निकालेको छ ।
जिम्बावेले दिएको ८८ रनको झिनो लक्ष्य ११.१ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा ओपनर सुनिल धमलाले ३८ रन बनाए ।
यस्तै, अर्का ओपर आसिफ शेखले ३४ तथा विनोद भण्डारीले अविजित ४ रनको योगदान दिए ।
यसअघि, काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे ३१.१ बलमा अलआउट हुँदै मात्र ८७ रनमा समेटिएको थियो ।
नेपाली बलरले किफायती बलिङ गरेपछि जिम्बावे सस्तैमा समेटिएको हो ।
नेपालका सोमपाल कामी र करण केसीले ३-३ विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।
शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा टेस्ट टोलीका खेलाडीसमेत समेटिएको जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
नेपालले आज त्यसैको बदला लिएको छ ।
यस्तो रह्यो प्रदर्शन सारांशमा :

ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया