इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति ब्राइटनसँग प्रतिस्पर्धा गरेको म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ । योसँगै उसको च्याम्पियन्स लिगतमा छनोट हुने सम्भावना समाप्त भएको छ ।
ब्राइटनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ४–० को फराकिलो गोल अन्तरमा पराजित भएको हो ।
खेलको १५ औं मिनेटमा गोलको खाता खोलेको ब्राइटनले ४९ औं, ५७ औं र ६० औं मिनेटमा गोल गरे पनि म्यानचेस्टर युनाइटेडले सान्त्वना गोलसम्म गर्न सकेन ।
योसँगै ३७ खेल खेलेको म्यानचेस्टर युनाइटेड ५८ अंकका साथ छैटौं स्थानमा खुम्चिएको छ ।
प्रतिक्रिया