टस जितेर फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११
काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
वर्षाका कारण ५० ओभरको खेल खेल ३३ ओभरमा छुट्याइएको छ ।
यसअघि दुई टोलीले एक–एक खेल जितेका छन् । यसर्थ, यो निर्णायक खेल हो ।
जिम्बावेले १.३ ओभरमा विनाविकेटको क्षतिमा १४ रन बनाएको छ ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आरिफ शेख र सागर ढकालको स्थानमा बसिर अहमद र किशोर महतोलाई मौका दिएको छ ।
नेपालको सुरुवाती ११ :
सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया