लिभरपुललाई आठौंपटक एफए कपको उपाधि
काठमाडौं । लिभरपुलले आठौंपटक एफए कप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै लिभरपुल विजेता बनेको हो ।
इंग्ल्याण्डको वेम्बली रंगशालामा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा लिभरपुलले बाजी मारेको हो ।
लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे भने साडियो माने गोल गर्नबाट चुके ।
यस्तै, चेल्सीका मार्कुस अलोन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गरे पनि कप्तान सेजर एज्पिलिक्वेटा र मासन माउन्ट चुके । जसका कारण चेल्सी उपाधि जित्नबाट बन्चित भयो ।
लिभरपुल र चेल्सीले समान आठ पटक इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको उपाधि जितेका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया