दोस्रो खेलमा पनि नेपाल युगाण्डासँग पराजित
काठमाडौं । नेपाल भ्रमणमा रहेको युगाण्डासँगको दोस्रो टी–२० खेलमा पनि नेपाल पराजित भएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल एक विकेटको झिनो अन्तरले पराजित भएको हो ।
पहिले ब्याटिङ गर्दै नेपालले युगाण्डालाई १०२ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पछ्याएको युगाण्डाले अन्तिम एक बल बाँकी छँदै ९ विकेट क्षतिमा जित हात पार्यो ।
लगातार चार विकेट गुमाए पनि युगाण्डाको महिला टोलीले नेपालविरुद्ध एक बल खेल्नु अगावै जित दर्ता गरेको हो ।
नेपाललाई पराजित गर्न रीता मुसामलीले ३०, फ्रयाकलिन नाज्जुबाले १९ र जानेत एम्बाज्जीले १६ रन बनाए ।
बलिङतर्फ नेपालका कविता कुँवर र सबनम राईले दुईदुई विकेट लिए ।
नेपालका लागि पहिले ब्याटिङ गर्दै बिन्दु रावलले २६, सरिता मगरले २२ र रुविना क्षेत्रीले १७ रन बनाए । तर अरु ब्याटर चल्न नसक्दा
नेपालले युगाण्डालाई चुनौतीपूर्ण लक्ष्य दिन सकेन । नेपालले अझै तीनवटा टी–२० का खेल खेल्न बाँकी छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया