मतपेटिका भेटिएपछिको गणनामा बराबरी, गोलाप्रथामा लामा भाग्यमानी
काठमाडौं । महाेत्तरीकाे बर्दिवास नगरपालिका–८ को मतगणनामा उताचढावयुक्त घटना देखिएका छन् । यस अघि जेठ १ मै मतगणना सकिएको भन्दै माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिंह लामालाई विजयी घोषणा गरिएको थियो ।
उनले ७५१ र निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत ल्याएका थिए । तर विजेता घोषणा गरिए पनि बिहीबार वडा नम्बर ८ को मतपत्र भएको एउटा मतपेटिका भेटिएको थियो ।
पालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बिहीबार मतपेटिका भेटिएपछि पुनः बाँकी मत गणना गरिएको थियो । ८४ मत पुन गणना हुँदा दुवै उम्मेदवारको बराबरी अर्थात ७६६ मत आयो । मत बराबरी भएपछि गोलाप्रथाबाट विजेता छान्नुपर्ने भयो । तर गोलाबाट माओवादीकै लामा छनोट हुन पुगे । जाे पहिले पनि विजयी घाेषणा गरिएका थिए । भाग्यले पनि उनकै साथ दियाे ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया