मतपेटिका भेटिएपछिको गणनामा बराबरी, गोलाप्रथामा लामा भाग्यमानी

काठमाडौं । महाेत्तरीकाे बर्दिवास नगरपालिका–८ को मतगणनामा उताचढावयुक्त घटना देखिएका छन् । यस अघि जेठ १ मै मतगणना सकिएको भन्दै माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिंह लामालाई विजयी घोषणा गरिएको थियो ।
उनले ७५१ र निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत ल्याएका थिए । तर विजेता घोषणा गरिए पनि बिहीबार वडा नम्बर ८ को मतपत्र भएको एउटा मतपेटिका भेटिएको थियो ।
पालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बिहीबार मतपेटिका भेटिएपछि पुनः बाँकी मत गणना गरिएको थियो । ८४ मत पुन गणना हुँदा दुवै उम्मेदवारको बराबरी अर्थात ७६६ मत आयो । मत बराबरी भएपछि गोलाप्रथाबाट विजेता छान्नुपर्ने भयो । तर गोलाबाट माओवादीकै लामा छनोट हुन पुगे । जाे पहिले पनि विजयी घाेषणा गरिएका थिए । भाग्यले पनि उनकै साथ दियाे ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया