यु-१९ क्रिकेट टिमको कप्तान बनिन् कृतिका
काठमाडौं । कृतिका मरासिनी नेपाल यू–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा नियुक्त भएकी छन् ।
क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले कृतिका कप्तान बनेको जानकारी दिएको हो ।
क्यानले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मरासिनीलाई कप्तानमा नियुक्त गरेको जानकारी दिएको हो । मलेसियामा आयोजना हुने आईसीसी यू-१९ महिला विश्वकप छनोटका लागि क्यानले उनलाई कप्तानमा चयन गरेको हो ।
यही जेठ २१ गतेदेखि सुरु हुने उक्त छनोटमा नेपाल, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, चीन, भुटान, म्यानमा र कतार सहभागी हुने छन् ।
नेपालले उक्त छनोट प्रतियोगिताका लागि यसअघि मरासिनीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
टोलीका अन्य खेलाडीमा एलिसा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, मनिषा उपाध्याय, स्नेहा महरा, किरण कुँवर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, साविधी धामी, निसा साह, मनिषा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी छन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया