नेतृत्व छनोटमा हामी चुक्यौं, यसबारे गम्भीर समीक्षा हुन्छ : अध्यक्ष निरौला [अन्तर्वार्ता]
![नेतृत्व छनोटमा हामी चुक्यौं, यसबारे गम्भीर समीक्षा हुन्छ : अध्यक्ष निरौला [अन्तर्वार्ता]](https://nepalwatch.com/wp-content/uploads/2022/05/Dipak-Niraula_1200x600px05-24.png)
काठमाडौं । गत निर्वाचनमा ६४ हजारबढी मत ल्याइ काठमाडौं महानगरपालिकाको मेयर जित्न सफल भएको एमाले पाँच वर्षमा तेस्रो स्थानमा खुम्चिएको छ ।
महानगरको पछिल्लो मत परिणाम अनुसार काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५० हजार मतको हाराहारीमा पुग्दा एमालेको उम्मेदवार केशव स्थापितले ३० हजार मत पनि कटाउन सकेका छैनन् ।
दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेका स्थापितलाई पछिल्लो पटक कांग्रेसका उम्मेदवार सिर्जना सिंहले उछिनेकी छिन् । संघीय राजधानीसमेत रहेको काठमाडौंमा एमालेको अनपेक्षित हारले उम्मेदवार छनोटप्रति नेतृत्व चुकेको हो कि भन्ने संकेत दिएको छ ।
यसै विषयमा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले नेपाल वाचका सहकर्मी गणेश पाण्डेलाई संक्षिप्त प्रतिक्रिया दिएका छन्–
महानगरसहित काठमाडौंका केही नगरपालिकामा एमालेले अनपेक्षित हार व्यहो¥यो, यसलाई कसरी लिनुभएको छ ?
पहिलो कुरा अहिले जुन खालको परिणाम महानगरमा आइरहेको छ । यो परिणामले हाम्रो नीति र निर्णयलाई पुनरावलोकन गर्नु पर्ने देखिन्छ । दोस्रो कुरा चुनावी परिणामले जनतम एमालेको विपक्षमा हो कि भन्ने कुरा जबर्जस्त उठाउन खोजिएको छ, वास्तवमा त्यस्तो होइन । समग्र जनमत त्यस्तो छैन भन्ने हाम्रो निष्कर्ष हो । काठमाडौं महानगरमा नगर प्रमुखले पाएको मात्र मत होइन । उप्रमुखले पाएको पनि मत हो । वडाहरूमा पाएको मत पनि हो । काठमाडौंमा ११ वटा पालिकामा पाएको मतको तुलना गर्ने हो भने हाम्रो जनमत राम्रो छ ।
कतिपय ठाउँमा अघोषित गठबन्धन भएका थिए । गठबन्धन विरुद्ध एमाले एक्लै एक ठाँमा उभियो । एमालेको जनमत यथावत छ । अन्य दलको जनमत आफ्ना ठाउँमा नआएर अन्य ठाउँमा राखिएको छ । एउटा व्यक्तिसँग राखिएको पूँजी अन्य व्यक्तिसँग राख्दा केही क्षण पूँजी बढी देखिन्छ । तर त्यो पूँजी कृतिम हुनेछ किनकी पछि त्यो फिर्ता लैजान्छन् । त्यसकारण हाम्रो पूँजी हामीसँगै छ । ऋण लिएर आफू सम्पन्न छ भन्नु र गठबन्धनले पाएको जनमत एउटै हो ।
काठमाडौं लगायत केही ठाउँमा दलका उम्मेदवाले भन्दा व्यक्तिले लोकप्रीय मत पाएका छन्, यो दलीय प्रणाली कमजोर हुन लागेको संकेत हो ?
एउटा व्यक्तिले चुनाव जित्दैमा पुरै सिस्टम उलटपुलट हुने होइन । उकाद त्यस्ता घटना हुन सक्छन् । केही प्रतिनिधि पात्रलाई जोडेर दलीय प्रणाली मजोर भयो भन्नु मिल्दैन । जहाँसम्म गठबन्धले पाएको मत छ त्यो कृतिम मत हो । यसो भन्दैमा हामी ठीक छौं भन्न खोजेको होइन । केही ठाउँमा हामी पनि चुकेका छौं । जनमतले सूचक भएर केही संकेत ग¥यो होला । भोलिका दिनमा समिक्षा गर्ने विषय बस्तु हो ।
उम्मेदवारलाई पार्टीभित्रबाट नै अन्र्तघात भायो भन्ने सुनिन्छ नि ?
पहिलो कुरा जनमतले केही संकेत दिएको छ, यो भोलिका लागि शिक्षा हो । अर्को घात वा अन्र्तघातको कुरा छ, त्यसमा मेरो बुझाइ बेक्लै छ । उम्मेदवार उठाउँदा पार्टीले सबै कुराको अनुमान गरेर उठाइएको हुन्छ, त्यसकारण घात वा अन्र्तघात भयो भन्ने मलाई लाग्दैन । यो अरूलाई दोषारोपण गरेर आफू चोखो बन्ने बाहाना मात्र हो । हामीबाट पनि केही कमजोरी भएका छन्, त्यसबारे समिक्षा गर्छौैं । तर अहिल्यै व्यक्ति विशेषमाथि टिप्पणी गर्नु उचित छैन । यो राजनीतिक विषय बस्तु हो । स्थापित एमाले रहने वा नरहने उहाँले निर्णय गर्ने कुरा हो ।
संघीय राजधानीमै एमालेले लज्जास्पद हर व्यहोर्नु ठूलो राजनीतिक सन्देश होइन र ?
यसबारे अन्तिम परिणाम आएपछि स्वभाविक रूपमा पार्टीभित्र गम्भिर समिक्षा हुन्छ । केही ठाउँमा हामीले गरेका निर्णय ठीक भएका छैनन् । आगामी दिनमा सच्चिनका लागि जनताले ठूलो पाठ सिकाएका छन् । यसलाई स्वीकारेर अगाडि बढ्छौं ।
प्रतिक्रिया