बाढीप्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीलगायतको जोखिम छ
यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो जनधनको क्षति पु-यायो । बाढीमा परी धेरै जनाले ज्यान गुमाए भने कैयन्को अवस्था अझैसम्म अज्ञात छ । अकल्पनीय बाढीले सडक, पुल, बस्ती तथा खानेपानीका संरचनाहरू ध्वस्त हुँदा जनजीवन प्रभावित छ । सबैभन्दा चिन्ताको विषय त बाढीले बगाएर ल्याएको लेदो, मानिसको शव, मरेका पशुपन्छीका कारण बाढी प्रभावित क्षेत्र प्रदूषित बन्दै जान थालेका छन् । यसले विभिन्न संक्रामक रोगहरूको जोखिमसमेत एकसाथ बढाएको छ । जनस्वास्थ्यविद्हरूले यस्तो बेला विभिन्न रोगको संक्रमण फैलन सक्ने जनाउँदै खानेपानी, खाद्यान्न, सरसफाइ र व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन सुझाएका छन् ।
यसै सन्दर्भमा हामीले प्रकोपको समयमा हुने रोगको जोखिम, त्यसबाट जोगिन अपनाउनुपर्ने सावधानीलगायत विषयमा केन्द्रित रहेर जनस्वास्थ्य विज्ञ वसन्त अधिकारीसँग कुराकानी गरेका छौं :
भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको बाढीले मानिस र पशुवस्तुको मृत्यु हुँदा वातावरण पूरै दुर्गन्धित भएको अवस्था छ । यस्तो बेला के, कस्ता रोगहरू फैलने जोखिम हुन्छ ?
यस्तो बेला मानिसले पिउने पानीको स्रोत दूषित हुनसक्छ । खानेपानीहरू राम्रोसँग निर्मलीकरण गरेर वितरण नगरेको स्थितिमा झाडापखाला फैलन सक्छ । यदि यो अवस्था विकराल भयो र हामीले होल्डिङ सेन्टरमा रहेकाहरूलाई राम्रो खानेपानी उपलब्ध गराउन सकेनौं भने भविष्यमा झाडापखला, हैजा, हेपाटाइटिस, जण्डिस, टाइफाइडजस्ता रोगको जोखिम बढ्न सक्छ । त्यसैले पानी पिउँदा विशेष सावधानी अपनाउनुपर्छ । म आफैं पनि त्यहाँ पुगेर आएको छु । यद्यपि, त्यहाँको अवस्था तपाईंले भनेजस्तो छैन ।
यसबाहेक त्यहाँ अन्य रोगको पनि जोखिम छ । बाढी प्रभावित क्षेत्र नदीको छेउमा भएकाले त्यहाँ प्रशस्त लामखुट्टे देखिएका छन् । बाढीपिडीतका लागि समयमै झुल, किटहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । त्यो नभए लामखुट्टेको टोकाइबाट सर्ने मलेरिया, डेंगीजस्ता रोग फैलन सक्छन् ।
होल्डिङ सेन्टरमा रहेकाहरूलाई राम्रो खानेपानी उपलब्ध गराउन सकेनौं भने भविष्यमा झाडापखला, हैजा, हेपाटाइटिस, जण्डिस, टाइफाइडजस्ता रोगको जोखिम बढ्न सक्छ । त्यसैले पानी पिउँदा विशेष सावधानी अपनाउनुपर्छ ।
यस्ता रोगहरूको जोखिम कति समयसम्म रहन्छ ?
यस्तो रोगको जोखिम हामीले पानी कति शुद्धीकरण गरेर दिन सक्छौं त्यसमा भर पर्छ । शौचालयको उचित व्यवस्थापन गर्न सकेनौं भने त्यसबाट पनि रोग फैलन सक्छ । यो जोखिम प्रभावितहरूको पुनस्र्थापना उचित ढंगले नगर्दासम्म कायम नै रहन्छ ।
प्रकोपजन्य रोगहरूको जोखिमबाट बच्न के–के कुरामा सावधानी अपनाउनु पर्छ होला ?
यो जोखिमबाट बच्नका लागि सबैभन्दा पहिले शुद्धीकरण गरिएको पानी मात्र पिउनुपर्छ । पानी निर्मलीकरणका लागि क्लोरिन ट्याबलेटहरू उपयोगी मानिन्छन् । यद्यपि, प्रभावित क्षेत्रहरूम क्लोरिनको अभाव देखिएको छ । त्यसलाई पर्याप्त रूपमा प्रभावित क्षेत्रमा पु-याउनु पर्छ ।
अर्को, दिसापिसाब गर्नको लागि अस्थायी शौचालय बनाउन सकिन्छ, हात धुने साबुन र सरसफाइका सामग्रीहरुको (हाइजिन किटहरु) प्रर्याप्त मात्रामा वितरण गर्नुपर्छ । लामखुट्टेबाट बच्नु पर्ने भएकाले लामखुट्टेबाट बच्ने उपायहरू अपनाउनुपर्छ । महत्त्वपूर्ण कुरा, होल्डिङ सेन्टरमा रहनुभएकाहरूलाई जुनसुकै स्वास्थ्य समस्याहरु हुन सक्छ । अहिले मानसिक रूपमा ट्रमामा परेको अवस्था पनि छ । उहाँहरू त्रसित मनोदशामा हुनुहुन्छ । यस्तो मनस्थितिबाट बाहिर निकालेर सहजतातिर फर्काउन मनोसामाजिक परामर्श आवश्यक देखिन्छ । वृद्ध, बालबालिका, गर्भवती र सुत्केरी महिलाहरू त्यहाँ धेरै हुनुहुन्छ । उहाँहरूलाई त अझ अलि बढी विशेष हेरचाहको खाँचो छ ।
बाढीबाट बगाएर ल्याएको माछा तथा जनावरहरु धेरै समय पानीमा हुँदा कुहिएर दुर्गन्धित भइसकेका हुन्छन् । त्यसमा विभिन्न जीवाणुहरू रहेको हुन्छन् । यस्तो असुरक्षित खाद्य वस्तु उपयोग गर्दा फुड पोइजनिङ, झाडापखला, हैजा लगायत विभिन्न रोगहरू लाग्न सक्छ ।
त्यस्तै दीर्घ रोगीहरू पनि हुनुहुन्छ । नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धी रोगहरू भएकाहरूलाई उहाँहरूले खाइरहेका औषधिहरू नियमित रूपमा वितरण गर्न सक्ने संयन्त्र पनि आवश्यक देखिन्छ । यो अवस्थामा प्रदेश सरकारको तर्फबाट म आफैंले पनि त्यसमा काम गरिरहेको छु । प्रदेश, स्थानीय तह र संघसँग समन्वय गरेर नसर्ने रोगका औषधिहरू, अक्सिजन, घाइतेहरूलाई उपचार गर्न सर्जिकल सामाग्रीहरूका साथै अन्य स्वास्थ्य सेवा चिकित्सकीय टोली परिचालन गरेर उपलब्ध गराइरहेका छौं ।
बाढीले पुलहरू बगाउँदा सडक सञ्जाल टुटेको छ । अस्पताल जान कठिन छ । यो अवस्थामा संक्रमण हुँदा घरमै बसेर प्राथमिक उपचार गर्ने केही विधिहरू पनि छन् कि ?
यो अहिले त्यति सान्दभिक हुँदैन् । स्वास्थकर्मीहरूबाटै स्वास्थ्य सेवा लिनुपर्छ । जति पनि होल्डिङ सेन्टरहरू छन् त्यहाँ चिकित्सकिय टोली परिचालित हुनुहुन्छ । वरिपरि रहनुभएका व्यक्ति पनि आफू सजग हुनुपर्छ । व्यक्तिगत सरसफाइ गर्ने, शुद्धीकरण गरिएको पानी मात्र खाने, लामखुट्टेको टोखाइबाट जोगित विशेष ध्यान दिने हो भने प्रकोपजन्य रोगको संक्रमणबाट बच्न सकिन्छ ।
बाढीपछि मानिसहरूले माछालगायत नदीजन्य वस्तु उपयोग गरिरहेको पाइएको छ । यस्ता वस्तु उपभोग गर्न हुन्छ कि हुँदैन ?
बाढीबाट बगाएर ल्याएको माछा तथा जनावरहरु धेरै समय पानीमा हुँदा कुहिएर दुर्गन्धित भइसकेका हुन्छन् । त्यसमा विभिन्न जीवाणुहरू रहेको हुन्छन् । यस्तो असुरक्षित खाद्य वस्तु उपयोग गर्दा फुड पोइजनिङ, झाडापखला, हैजा लगायत विभिन्न रोगहरू लाग्न सक्छ । त्यसैले यस्ता अखाद्य वस्तु विसर्जन गर्नुपर्छ । यो विपद्मा हामीले एकअर्कालाई सहयोग गर्दै आफ्नो स्वास्थसँगै अरूको स्वास्थ्य पनि जोगाउनुपर्छ ।
ताजा अपडेट
-
सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
बाढीप्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीलगायतको जोखिम छ
-
उद्धार र राहत प्रभावकारी बनाउन नसकेको सरकारलाई पूर्वसचिवका ७ सुझाव
-
भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग


प्रतिक्रिया