टोलिसोले त्यागे बार्यनसँगको आबद्धता

काठमाडौं । मिडफिल्डर कोरेन्टिन टोलिसोले जर्मन क्लब बार्यन म्युनिखसँगको आफ्नो आबद्धता त्यागेका छन् ।
२७ वर्षीय टोलिसो पाँच वर्षअघि लियोनबाट बार्यनमा आबद्ध भएका थिए । यो दौरानमा उनले बार्यनका लागि ११८ खेल खेले । जसमा उनले गरेको गोल २१ छ ।
बायर्नले सोमबार टोलिसो आफ्नो क्लबबाट अलग भएको जनाएको छ ।
प्रतिक्रिया