फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा नाडाल

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।
मंगलबार राति सम्पन्न खेलमा नोभाक जोकोभिकलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
उनले जोकोभिचलाई ३–२,४–६,६–२ र ७–६ (७–४) को सेटमा स्तब्ध बनाए ।
सेमिफाइनलमा उनले एलेक्सजेण्डर ज्वेभरेभसँग खेल्ने छन् ।
फ्रेन्च ओपनमा कीर्तिमानी विजेता नाडालले १३ पटक फ्रेन्च ओपन जितिसकेका छन् ।
प्रतिक्रिया