इंग्ल्याण्ड स्तब्ध, जर्मनीले हार टार्यो
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड हंगरीसँग स्तब्ध बनेको छ ।
लिग एको समूह ३ अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डलाई हंगेरीसँग १–० गोल अन्तरले स्तब्ध भएको हो ।
हंगेरीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले ६६ औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
हंगेरीले १९६२ पछि पहिलोपटक इंग्ल्याण्डलाई हराएको हो ।
यस्तै, सोही समूहको अर्को खेलमा जर्मनीले हार टारेको छ । जर्मनीले इटालीसँग हार टारेको हो ।

गएराति भएको खेलमा इटाली र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
घरेलु टोली इटालीले युवा टोली उतारेको थियो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता पनि इटालीले बनाएको थियो ।
खेलको ७० औं मिनेटमा लोरेन्जो पेलेग्रिनीले गोल गर्दै इटालीलाई अग्रता दिलाए ।
तर, खेलको ७३ औं मिनेटमा जोसुआ किमिचले गोल गर्दै जर्मनीको जर्मनीको हार टारे ।
यस बराबरीसँगै समूह ३ मा इटालीले पहिलो खेलमा १ अंक जोडेको छ ।
जर्मनीले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।
हंगेरी ३ अंकसहित पहिलो र इंग्ल्याण्ड अंकविहीन हुँदै पुछारमा छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया