यसकारण अलग भए पिके र शाकिरा

काठमाडौं । स्पेनिस फुटबलर जेरार्ड पिके र कोलम्बियन गायिका शाकिरा अलग भएका छन् ।
करिब १२ वर्ष लामो प्रेम सम्बन्धलाई अन्त्य गर्दै उनीहरूले अलग रहने घोषणा गरेका हुन् ।
पिके र शाकिराले हालै एक विज्ञप्तिमा जारी गर्दै आफूहरूले अलग रहने निर्णय गरेको बताएका छन् ।
‘हामी अलग भएको पुष्टि गर्नुपर्दा दुःख लागेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बार्सिलोनाका रक्षक पिकेको अन्य महिलासँगको सम्बन्ध थाहा पाएपछि साकिराले सम्बन्ध बिच्छेद गर्ने निर्णय दिएकी थिइन् । यसमा पिकेले पनि सहमति जनाएपछि शाकिराले धन्यवाद दिएकी छिन् ।
पिके र शाकिराका दुई बच्चा छन् । ती बच्चाहरूको कल्याणका लागि आफूहरूले अलग हुने निर्णय गरेको शाकिराको भनाइ छ ।
पिके र आफूबीचको मनमुटाबले बच्चाहरूलाई असर पर्ने देखिएकाले अलग हुनु नै बुद्धिमानी निर्णय रहेको शाकिराको ठहर छ ।
पिके र शाकिराबीच सन् २०१० को विश्वकप दौरान प्रेम सम्बन्ध सुरु भएको थियो । शाकिराले गाएको चर्चित विश्वकप गीत ‘वाका वाका’को सुटिङ दौरान दुईबीच भेट भएको थियो ।
दक्षिण अफ्रिकामा भएको सो विश्वकप पिकेको टोली स्पेनले जितेको थियो । त्यसपछि उनीहरू सँगै रहन थालेका थिए ।
पिकेभन्दा शाकिरा १० वर्ष जेठी छिन् । हाल पिके ३५ वर्षका भए भने शाकिरा ४५ वर्षकी भइन् ।
प्रतिक्रिया