सिनियर खेलाडीविना जोर्डनसँग भिड्दै नेपाल

काठमाडौं । नेपालले आज राति एएफसी एसियन कप २०२३ को छनोट खेलमा जोर्डनविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार आज राति ९ बजे नेपालले जोर्डनविरुद्ध खेल्न लागेको हो ।
यो खेल कुवेतको जाबिर अल अहमद रंगशालामा हुँदैछ । नेपालले यसपटक सबै सिनियर नभइ युवा टिमलाई पठाएको छ । पछिल्लो समय विवाद बढेपछि नियमित कप्तान किरण चेम्जोङ, उपकप्तान रोहितसहितका सिनियर खेलाडी टिममा हुने छैनन् ।
पछिल्लो समय नेपाली फुटबल र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबीच विवाद बढेको छ ।
कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिइएको छ । जोर्डनसँग नेपालले अहिलेसम्म चार खेल खेल्दा एकमा बराबरी र तीनमा पराजय बेहारेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया