विश्वकप लिग टुमा आज नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गतको सिरिजका लागि आज दुई चिरप्रतिद्वन्द्वी नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन् ।
अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो र अमेरिका दोस्रो जितको खोजीमा रहनेछन् ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा तय खेल नेपाली समयअनुसार राति ९ः१५ बाट सुरु हुनेछ ।
सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरेको थियो । त्यसक्रममा नेपाल १३ रनले पराजित भएको थियो ।
अमेरिकाले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । ऊ दोस्रो खेलमा पनि नेपाललाई हराएर जित निकाल्ने दाउमा छ ।
नेपाल र अमेरिका चिरप्रतिद्वन्द्वी हुनु् । यसअघिका पछिल्ला चार भेटमा नेपालले तीन खेल जितेको थियो ।
लिग टुको अंक तालिकामा अमेरिका २१ खेलमा २० अंकका साथ चौथो र नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौंमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया