रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगल स्विजरल्याण्डसँग हार्यो
काठमाडौं । स्विजरल्याण्डसँग पोर्चुगल पराजित भएको छ । यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगल १–० गोल अन्तरमा पराजित भएको हो ।
स्विजरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले गोल गरे । उनले खेलको पहिलो मिनेटमा स्विजरल्याण्डका लागि गोल गरेका हुन् ।
पोर्चुगल यो खेलमा क्रिष्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको थियो । खेलको दौरान पोर्चुगलले गोल गर्ने केही मौका सिर्जना नगरेको होइन । तर सदुपयोग गर्न सकेन ।
हारसँगै लिग ए समूह २ को पोर्चुगलले ४ खेलमा ७ अंक जोडेको छ ।
पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया