अस्ट्रेलिया विश्वकपमा छनोट
काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि अस्ट्रेलिया छनोट भएको छ ।
अन्तरमहादेशीय प्लेअफमा पेनाल्टी सुटआउटमा पेरुलाई पराजित गर्दै अस्ट्रेलिया फिफा विश्वकपमा छनोट भएको हो।
कतारको अहमद विन अली रंगशालामा गएराति भएको खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । जसक्रममा अस्ट्रेलियाले ५–४ गोलअन्तरको जित निकाल्यो ।
योसँगै अस्ट्रेलियाले लगातार पाँचौंपटक विश्वकप खेल्न पाउने भएको छ ।
विश्वकपमा अस्ट्रेलिया समूह डीमा परेको छ । फ्रान्स, डेनमार्क र ट्यूनिसिया पनि यही समूहमा रहेकाले उसले यी देशको सामना गर्नुपर्ने छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया