NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कतार विश्वकप २०२२ का लागि छानिए ३२ मध्ये ३१ देश, को-को हुन् उपाधिका मुख्य दाबेदार ?

काठमाडौं । कतार फिफा विश्वकप फुटबलका लागि ३२ मध्ये ३१ राष्ट्र छनोट भएका छन् । दुई राष्ट्र बाँकी भएकोमा गएराति पेरुलाई पेनाल्टीमा ५–४ गोलले हराउँदै अष्ट्रेलिया छनोट भएको हो ।

अब आज राति कोस्टारिका र न्युजिल्याण्डबीचको विजेता छनोट भएपछि ३२ वटै राष्ट्रको टुंगो लाग्ने भएको हो । यस अघि नै भएको ड्र अनुसार अष्ट्रेलिया फ्रान्स, डेनमार्क र ट्युनिसियाको ग्रुप डीमा परेको थियो ।

कोस्टारिका र न्युजिल्याण्डको विजेता स्पेन, जर्मनी र जापान रहेको समूह इमा पर्नेछन् । छनोटको अन्तिम खेलमा कन्काकाफ क्षेत्रको कोस्टारिका र ओसियाना क्षेत्रबाट न्युजिल्याण्डबीच प्ले अफ हुन लागेको हो । नेपाली समय अनुसार यो खेल आज राति पौने १२ बजे कतारमा हुनेछ ।

विश्वकपमा युरोपबाट १३, एसियाबाट चार वा पाँच, अफ्रिकाबाट पाँच, दक्षिण अमेरिकाबाट चार वा पाँच, उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट तीन वा चार र ओसियानाबाट शून्य वा एक टोली छनोट हुन्छन् । दुई टोली अन्तरमहादेशीय प्ले अफबाट छानिन्छन् । विश्वकप फुटबलको उद्घाटन आगामी मंसिर ५ मा भएर फाइनल ३ पुसमा हुनेछ ।

कुन देशले कतिपटक जिते विश्वकप ?

अहिलेसम्म ८ वटा देशले मात्रै विश्वकप उचालेका छन् । सबैभन्दा धेरैपटक विश्वकप फुटबल जित्नेमा ब्राजिल छ । ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चारपटक विश्वकप उचालेका छन् । अर्जेन्टिना, फ्रान्स र उरुग्वले दुई–दुई पटक जितेका छन् । स्पेन र इंल्याण्डले एक–एकपटक विश्वकपको उपाधिमाथि कब्जा जमाएका छन् ।

यसपटकको दाबेदार को ?

यसपटक बलियो अवस्थामा देखिएका ब्राजिल र अर्जेन्टिनालाई विश्वकपको प्रमुख दाबेदार मानिएको छ । पछिल्ला खेलको तुलनामा ब्राजिल र अर्जेन्टिना बलियो देखिएको युरोपकै कतिपय संचारमाध्यमले चर्चा गरेका छन् । मेसीप्रेरित अर्जेन्टिना पछिल्लो ३३ खेलमा अपराजित रहेको छ ।

डिफेन्डिङ च्याम्पियन फ्रान्स फेरि पनि बलियो दाबेदार हो । तर नेसन्स लिगमा भने उसले कमजोर प्रदर्शन गरेको छ । तर जुनसुकै बलिया टिमलाई ढलाउन सक्ने क्षमतावान खेलाडी फ्रेन्च टिममा छन् । फ्रान्सको बेञ्च नै अरु देशको टिमभन्दा बलियो देखिने गर्छ । यसैले नेसन्स कपमा पराजित भए पनि फ्रान्सलाई दाबेदार टोलीमै राखिएको छ । केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान, करिम बेन्जमा जस्ता आक्रामक स्कोर भएको फ्रान्स बलियो टोलीमा पर्छ ।

त्यस्तै स्पेन, जर्मनी अर्का दाबेदार टोली हुन् । जर्मनीकाे पनि नेसन्स कपमा खराब लय कायम छ । युरोपबाट इंग्ल्याण्ड, बेल्जियम, नेदरल्याण्डस् र पोर्चुगलले पनि जुनसुकै टिमलाई हराउने सामथ्र्य राख्छन् । यसैले यी टिम पनि विश्वकपका दाबेदार हुन् ।

कुन महादेशबाट कुन देश छानिए ?

युराेपबाट सबैभन्दा बढी

युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्याण्ड, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्स, पोर्चुगल, पोल्याण्ड र वेल्स छनोट भएका छन् ।

दक्षिण अमेरिका

दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वेले विश्वकपमा स्थान बनाएका छन् ।

अफ्रिकाबाट छानिएका देश

अफ्रिकाबाट विश्वकपमा छानिनेमा घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुन छन् ।

एसियाबाट छानिएका देश

एसियाबाट आयोजक कतार, इरान, दक्षिण कोरिया जापान, अष्ट्रेलिया र साउदी अरेबियाले छनोट भएका छन् ।

उत्तर, मध्य अमेरिका

उत्तर, मध्य अमेरिका र क्यारेबियन क्षेत्रबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन् ।

यी हुन् अहिलेसम्म छानिएका ३१ देश

१. कतार
२. ब्राजिल
३. जर्मनी
४. डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्याण्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया
१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वेडर
१९. उरुग्वे
२०. क्यानडा
२१. घाना
२२. सेनेगल
२३. पोर्चुगल
२४. पोल्याण्ड
२५. ट्युनिसिया
२६. मोरक्को
२७. क्यामरुन
२८. अमेरिका
२९. मेक्सिको
३०. वेल्स

३१. अष्ट्रेलिया

३२. काेस्टारिका र न्युजिल्याण्डमध्ये एक

यस्ताे छ समूह विभाजन 

World Cup 2022: World Cup 2022 draw: The eight groups in Qatar | Marca