यी हुन् कतार विश्वकप खेल्ने ३२ राष्ट्र
काठमाडौं । कतारमा हुने फिफा विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको टुंगो लागेको छ । अघिल्लो दिन पेरुलाई पेनाल्टीमा ५–४ गोलले हराउँदै अष्ट्रेलिया छनोट भएपछि कोस्टारिका पनि आफ्नो खेल जित्दै छनोट भएको हो ।
गएराति कोस्टारिकाले न्युजिल्याण्डलाई १-० ले पराजित गर्दै विश्वकपको टिकट काटेको हो । कोस्टारिकासँगै विश्वकप खेल्न ३२ वटै राष्ट्रको टुंगो लागेको हो । अघिल्लो दिन अष्ट्रेलिया फ्रान्स, डेनमार्क र ट्युनिसियाको ग्रुप डीमा परेको थियो ।
न्युजिल्याण्डलाई पराजित गरेको कोस्टारिका स्पेन, जर्मनी र जापान रहेको समूह इमा परेको छ । आठवटा ग्रुप प्रत्येकमा ४ जना टिम छन् । जसलाई समूह ए देखि एचसम्म बाँडिएको छ । विश्वकप आगामी मंसिर ५ देखि पुस ३ सम्म चल्नेछ ।
कुन कुन देशले खैल्नदैछन् विश्वकप
१. कतार
२. ब्राजिल
३. जर्मनी
४. डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्याण्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया
१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वेडर
१९. उरुग्वे
२०. क्यानडा
२१. घाना
२२. सेनेगल
२३. पोर्चुगल
२४. पोल्याण्ड
२५. ट्युनिसिया
२६. मोरक्को
२७. क्यामरुन
२८. अमेरिका
२९. मेक्सिको
३०. वेल्स
३१. अष्ट्रेलिया
३२. काेस्टारिका

कतार विश्वकप २०२२ का लागि छानिए ३२ मध्ये ३१ देश, को-को हुन् उपाधिका मुख्य दाबेदार ?
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया