रोमाञ्चक बराबरीपछि दोस्रो खेलमा अमेरिकासँग भिड्दै नेपाल
काठमाडौं । आइसिसी लिग २ मा को खेलमा नेपालले आज राति अमेरिकासँग खेल्दैछ । पहिलो खेलमा रोमाञ्चक बराबरी गरेको नेपाल ओमानलाई हराएलगत्तै अमेरिकासँग भिड्न लागेको हो । खेल नेपाली समय अनुसार आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।
२७५ रन पछ्याएको अमेरिकालाई नेपालले अन्तिम ओभरमा रोमाञ्चक हिसाबले रोक्दै खेलमा बराबरी गरेको थियो । बराबरीपछि नेपाल र अमेरिकाले एकएक अंक बाँडेका थिए । तर ओमानविरुद्ध गएराति सात विकेटको प्रभावशाली जित हात पारेर उत्साही बनेको नेपाल अमेरिकासँग उसकै भूमिमा भिड्न लागेको हो ।
विश्वकप छनोटसमेत रहेको यो खेलमा जितेर नेपाल थप दुई अंक जोड्न चाहन्छ । लिगमा सात देश रहेका छन् । जसमा शीर्ष तीनमा रहने टिमले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
नेपाल ३६ मध्ये १५ खेल खेलेर १५ अंकसहित पाँचौं स्थानमा छ । ३६ वटै खेल खेलिसकेको ओमानले ४४ अंक जोडेको छ । स्कटल्याण्डले २० खेलबाट २८ अंक बटुलेको छ । युएईले २२ खेलबाट २६, अमेरिकाले २३ खेलबाट २१ अंक जोडेको छ । ६ खेल बढी खेलेको अमेरिका नेपालभन्दा ६ अंकले माथि छ ।
नेपालभन्दा पछाडि रहेको नामिबियाले १४ खेलबाट १४ अंक बटुलेको छ । आजको खेल जित्न सके नेपालले नामिबियालाई प्रष्ट रुपमा पछाडि छोड्नेछ । भने अमेरिकासँगको दुरी घटाउनेछ । अमेरिकालाई जित्न सके नेपालले १६ खेलबाट १७ अंक बटुल्नेछ ।
अमेरिका २४ खेलबाट २१ अंकमा मात्र हुनेछ । यस्तो भए अमेरिका ८ बढी खेल खेल्दा नेपालभन्दा ४ अंकले मात्रै अघि रहनेछ । बाँकी खेलमा नतिजा आफ्नो पक्षमा पार्न सके नेपाल अमेरिकाभन्दा पनि अगाडि जानेछ । जसले नेपाल तेस्राेभित्र पर्ने गरी अघि बढ्न सक्छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया