ला लिगाले दियो सिटी र पिएसजीविरुद्ध उजुरी

काठमाडौं । ला लिगा र इंग्लिस क्लब म्यान्चेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको विवाद उत्कर्षमा पुगेको छ । यी दुई क्लबविरुद्ध कानूनी उपचारमा उत्रिँदै ला लिगाले उजुरी दर्ता गराएको छ ।
फाइनान्सियल फेयर प्लेको नियम उल्लंघनको आरोप लगाउँदै ला लिगाले पिएसजी र म्यान्चेस्टर सिटीविरुद्ध युरोपियन फुटबलको सर्वोच्च निकायमा उजुरी दर्ता गराएको हो ।
फुटबलमा कृतिम ढंगले बजार बढाएर यो क्षेत्रको विकास र स्थायित्वमाथि असर पार्ने काम दुई क्लबले गरेको ला लिगाको आरोप छ ।
केलियन एमबाप्पे र अर्लिङ हालाण्ड अनुबन्धलाई लिएर ला लिगा रुष्ट छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया