बार्सिलोनामा अनुबन्ध भइन् लुसी ब्रोन्ज

काठमाडौं । इंग्ल्याण्डकी डिफेन्डर लुसी ब्रोन्ज बार्सिलोनामा अनुबन्ध भएकी छन् ।
उनी फ्रि ट्रान्सफरमा दुई वर्षका लागि अनुबन्ध भएको स्पेनिस क्लबले शनिबार जनाएको छ । बार्सिलोनाले लुसीको तस्बिर राख्दै ट्विटरमा लेखेको छ– तपाईंलाई नयाँ घरमा स्वागत छ ।
लुसीको म्यानचेस्टर सिटीसँगको सम्झौता यही जुनको अन्त्यमा सकिँदै थियो । म्यानचेस्टर सिटीले गत मेमा नै सम्झौता सकिएपछि ३० वर्षीया लुसीले क्लब छाड्ने जनाएको थियो ।
उनी सन् २०२० मा दोस्रो पटक म्यानचेस्टर सिटीमा आबद्ध भएकी थिइन् ।
विश्वकै ठूलोमध्ये एक टिम बासिलोनामा आबद्ध भएर खेल्न पाउने अवसर पाउँदा म निकै खुसी भएकी छु । म साँच्चै टिमसँग काम सुरु गर्न चाहन्छु,’ उनले भनेकी छन् ।
ब्रेन्ज सन् २०२० को महिलातर्फको उत्कृष्ट फिफा खेलाडी हुन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया