NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बाह्र स्वर्णसहित नेपाल च्याम्पियन

काठमाडौं । भारतको जयपुरमा आयोजना भएको दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल सोतोकान (एसकेडियुएन) १२ स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित च्यामिपयन बनेको हो ।

टोली नेता एवं प्रशिक्षक चित्रप्रसाद श्रेष्ठका अनुसार नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीमा वर्षा केसी, झरना केसी, सुरोज राजबाहक, एञ्जिला राई, शाहिल घले र शर्मिला वाईवा रहेका छन् । त्यसैगरी पुष्पका लामा, वर्षा बुढामगर, साजन बल, सन्तोष श्रेष्ठ र एरिका गुरुङले पनि स्वर्ण पदक प्रप्त गरेका छन् । नेपालका लागि सुरेन्द्र तामाङले पनि कातातर्फ स्वर्ण जिते ।

प्रतियोगितामा रुपक श्रेष्ठ र सम्मान मल्ल श्रेष्ठले रजत तथा सुरेन्द्र तामाङ र सञ्जय महर्जनले कास्यपदक प्राप्त गरे । नेपाल सोतोकान टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न गत जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।