एन्फा चुनाव : मतदान सकियो, आजै गणना
काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ ।
बूढानिलकण्ठस्थित पार्क भिलेजमा भइरहेको एन्फाको २१ औं साधारणसभा तथा केन्द्रिय निर्वाचनको मतदान सकिएको हो ।
आज आगामी चार वर्षका लागि कार्यसमिति निर्वाचित हुँदैछन् । कार्यसमितिका २१ पदका लागि ८४ जनाले मत हालेका थिए ।
योपटक तीनजना अध्यक्षका प्रत्यासी छन् । तीन जनामा वर्तमान कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राजीवराज पौड्याल छन् । उनीहरूले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिहेका छन् । अध्यक्ष पदमा चुनिन बहुमत मत आवश्यकता पर्छ ।
कुनै एक उम्मेदवारले बहुमत अर्थात ४३ मत प्राप्त नगरेको अवस्थामा फेरि मतदान हुने एन्फाको विधानमा उल्लेख छ ।
केहीबेरपछि मतगणना सुरु हुने बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया