विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर रोनाल्डिन्होसँग खेलेर हराएपछि के भने नेपाली खेलाडी रोहित चन्दले ?
काठमाडौं । विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर रोनाल्डिन्होसँग फुटबल खेल्न पाउनु अदभूत रहेको प्रतिक्रिया नेपाली खेलाडी रोहित चन्दले दिएका छन् ।
केही दिन अघि इण्डोनेसियन क्लब पेर्सिक केडिरी एफसीले रोनाल्डिन्होसहितको टोली रेन्स नुसनतारा एफसीलाई हराएर उपाधि जितेको थियो । रोनाल्डिन्होसम्मिलित टोलीसँग खेल्न पाउनुलाई रोहितले मिठो शब्दमा व्याख्या गरेका छन् ।

‘महान रोनाल्डिन्होसँग मैदान सेयर गर्न पाउँदा अद्भुत अनुभवन भयो । मैंले यस्तो हुनेछ भनेर कहिल्यै पनि सोचेको थिइनँ । जसले फुटबलमा उनको जादू हेर्दै आएको थियो । अहिले मैदानमा उसैसँग खेल्न पाउनु मेरो लागि ठूलो अनुभव र आशिष हो ।’ चन्दले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
रोनाल्डिन्होसँग खेलेको सातावटा फोटो सेयर गर्दै रोहितले अद्भूत क्षण भन्दै सम्झिएका हुन् ।
उनै रोनाल्डिन्हो पनि सहभागी भएर हराउने भाग्यमानी खेलाडीसमेत रोहित हुन पुगे ।

पेर्सिकले पहिलो खेलमा रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारालाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
रोहितले रेन्स नुसनताराविरुद्ध पहिलो रोजाइमा खेलेका थिए । उनले विश्व चर्चित ब्राजिली लेजेन्ड रोनाल्डिन्होविरुद्ध पहिलो रोजाइमै खेल्ने मौका पाएका हुन् ।

रेन्स नुसनतारा चर्चित इन्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनलिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा रहेको क्लब हो । यो क्लब यसै सिजन इन्डोनेसियाको दोस्रो डिभिजन लिग टुबाट शीर्ष डिभिजनमा बढुवा भएको थियो । त्यसपछि क्लबका मालिकद्धयले आफ्ना समर्थकलाई सरप्राइज दिने लक्ष्यसहित गत मार्चको अन्तिमतिर रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए ।

त्यही वाचाअनुसार रोनाल्डिन्हो रेन्स नुसनतारा एफसीबाट एक खेल खेल्न सहमत भएको बताइएको छ ।
४२ वर्षीय रोनाल्डिन्होले बालोन डि’ओरसँगै ब्राजिलका लागि विश्वकप, कोपा अमेरिका, कन्फेडेरेसन कपलगायत सबै उपाधि जितेका छन् । यस्तै, क्लब फुटबलबाट च्याम्पियन्स लिगसँगै अन्य थुप्रै उपाधि जितिसकेका छन् ।

उनले युरोपका बार्सिलोना, पिएसजी र एसी मिलानजस्ता ठूला क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
रोनाल्डिन्होविरुद्ध खेल्नेमात्र होइन जित नै निकाल्ने भाग्यमानी नेपाली खेलाडी बने रोहित
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया