ओन्टारियोविरुद्ध नेपालको ‘क्लिन स्विप’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानेडियन क्लब ओन्टारियोविरुद्ध ‘क्लिन स्विप’ गरेको छ ।
दोस्रो अभ्यास खेल (टि–२०)मा पनि जित निकाल्दै क्लिन स्विपको नजितजा निकालेको हो ।
आइतबार राति भएको दोस्रो खेलमा ओन्टारियोलाई ५५ रनले हराउँदै नेपालले दोस्रो जित निकालेको छ ।
पहिलो अभ्यास खेल (एकदिवसीय)मा पनि नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो ।
नेपालले दिएको २१० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९.३ ओभरमा अलआउट हुँदै १५४ रनमात्र बनाउन सक्यो ।
नेपालका सोमपाल कामीले दुई तथा करण केसी, आदिल आलम र किशोर महतोले एक–एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । रोहितले अविजित ७१ रनको योगदान दिए भने दीपेन्द्रले २७ बलमा ५४ रनको योगदान गरे ।
यस्तै, पवन सर्राफले ३७ तथा देव खनालले २० रन जोडे । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेल खेलेको हो । नेपालले अब क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया