NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

क्यानडासँग नेपालको लज्जास्पद पराजय

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाललले क्यानडाविरुद्ध लज्जास्पद पराजय बेहोरेको छ । पहिलो खेल स्थगित भएपछिको दोस्रो खेलमा १८९ रनको मध्यम लक्ष्य पछ्याए पनि नेपालले लज्जास्पद पराजय बेहोर्यो ।नेपाल १०५ मा समेटिंदा ८३ रनले पराजित भएको हो ।

३९.२ ओभरमा सबै विकेट गुमाउने क्रममा कुशल भुर्तेलले १, पवन सर्राफले १४, देव खनालले २६, रोहित पौडेलले, बासिर अहमेद र विनोद भण्डारीले १३ /१३, दीपेन्द्र सिंह र आरिफ शेख शून्य रनमा आउट भए ।

त्यस्तै, आदिल अन्सारीले १३, कप्तान सन्दीप लामिछानेले ११ र करण केसीले अविजित ५ रन बनाए ।

कुनै समय क्यानडा पनि दयनीय अवस्थामा पुगेको थियो । ३८ ओभरमा क्यानडाले ११८ रन बनाउँदा ९ विकेट गुमाएको स्थिति थियो । तर श्रेयस मोभा र अमर खालिदले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम विकेटका लागि ७० रनको नाटकीयय साझेदारी गरे ।

जसले क्यानडाको रन १८८ सम्म उकासेको छ । अन्तिम पार्टनरसीप समयमा तोड्न नसक्दा नेपालले शर्मनाक पराजय बेहोेरेको हो ।

विश्व लिग २ खेल्न नेपाली टोली अब क्यानडाबाट स्कटल्याण्ड जानेछ । त्यहाँ नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई दुई खेल खेल्नेछ ।

नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दियो, यस्तो छ नेपालको सुरुवाती ११