राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट

बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाबाट खेलाडी छनोट गरिएको छ । बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी क्षेत्रीय प्रतियोगिताका लागि ५६ खेलाडी छनोट गरिएको हो ।
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको हो । छनोट गरिएका खेलाडीमा भलिबल, कबड्डी र एथ्लेटिक्सका रहेका छन् ।
पाटनमा सम्पन्न प्रतियोगितामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा सुर्नया, सिगास र शिवनाथ गाउँपालिकाका खेलाडी सहभागी थिए ।
छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रदेशस्तरीय प्रतियोगिता यही असार २४ र २५ गते कैलालीको धनगढीमा हुँदैछ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया