महिला युरोकप : आयोजक इंग्ल्यान्डको विजयी सुरुवात
काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलमा आयोजक इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा बुधबार राति भएको उद्घाटन खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १–० ले हराउँदै विजयी सुरुवात गरेको हो ।
बेथ मिडले २६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
समूह एमा रहेको इंग्ल्यान्डले जितसँगै ३ अंक जोडेको छ ।
पराजित अष्ट्रिया पुछारमा रहेको छ ।
प्रतिक्रिया