नामिबियाले दियो नेपाललाई २२१ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी श्रृखंलामा नामिबियाले नेपाललाई २२१ रनको मध्यम लक्ष्य दिएको छ ।
स्कटल्याण्डको अयरमा टस जितेर ब्याटिङ गरेको नामिबियालाई नेपालका बलरहरू पूरै ५० ओभर खेल्न दिएनन् ।
नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनमात्र बनाउन सक्यो ।
नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने सोमपाल कामीले दुई विकेट चड्काए ।
यस्तै, करण केसी, दीपेन्द्रसिंह ऐरी र डेब्यू गरेका बसिर अहमदले समान एक विकेट लिए ।
नेपालका बलरहरूले सुरुवाती अवस्थामा कमैमात्र विकेट लिए पनि पछिल्लो समयमा लगातार लिन सफल भएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया