नामिबियाले दियो नेपाललाई २२१ रनको लक्ष्य
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी श्रृखंलामा नामिबियाले नेपाललाई २२१ रनको मध्यम लक्ष्य दिएको छ ।
स्कटल्याण्डको अयरमा टस जितेर ब्याटिङ गरेको नामिबियालाई नेपालका बलरहरू पूरै ५० ओभर खेल्न दिएनन् ।
नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनमात्र बनाउन सक्यो ।
नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने सोमपाल कामीले दुई विकेट चड्काए ।
यस्तै, करण केसी, दीपेन्द्रसिंह ऐरी र डेब्यू गरेका बसिर अहमदले समान एक विकेट लिए ।
नेपालका बलरहरूले सुरुवाती अवस्थामा कमैमात्र विकेट लिए पनि पछिल्लो समयमा लगातार लिन सफल भएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया