सन्दीपले दिलाए नेपाललाई आठौं सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्याण्डविरुद्ध नेपालले आठौंं विकेट लिएको छ ।
कप्तान सन्दीप लामिछानेले नेपाललाई आठौं सफलता दिलाएका हुन् ।
यस्तै, आदिल आलम र सोमपाल कामीले समान ३ तथा करण केसीले १ विकेट लिएका छन् ।
नेपाली बलरका सामु स्कटल्याण्डको ब्याटिङ धर्मराएको छ । स्कटल्याण्डले २६ ओभरमा ८ विकेट गुमाएर ७९ रनमात्र बनाएको छ ।
यस्तो छ नेपालको सुरुवाती ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
प्रतिक्रिया