स्कटल्याण्डले दियो नेपाललाई १४५ रनको झिनो लक्ष्य
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई १४५ रनको झिनो लक्ष्य दिएको छ ।
स्कटल्याण्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।
स्कटल्याण्डका ब्याटर नेपाली बलरका सामु सुरुवातीदेखि नै निरीह बनेका थिए । तर, अन्तिम विकेट झार्न भने नेपाललाई कठिन नै भयो । अन्ततः दीपेन्द्रसिंह ऐरीले अन्तिम विकेट हात पार्न सफल भए ।
नेपालका लागि सोमपाल कामी र आदिल आलमले समान तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रले एक विकेट हात पारे ।

यस्तो छ नेपालको सुरुवाती ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया